+
+

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १२:१०

२० जेठ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

बिहीबार ९७ हजार ६ सय र तेजावी सुनको मूल्य ९७ हजार एक सय थियो । यस्तै चाँदी १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?