+
+

‘लण्डन टु पेरिस’मा भित्रिए निश्चल, साम्राज्ञीसँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १२:१७

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक भित्रिएका छन् । नन–एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् ।

‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताए । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

कबीरलाई चाहिं गरिमाको अपोजिटमा देख्न पाइने भएको छ । रोमकम ड्रामा (रोमान्टिक कमेडी) फिल्मको छायांकन असारदेखि बेलायत र फ्रान्समा हुने भएको छ ।

कान्तिपुर फिल्म एकेडेमीमा अभिनेत्री सरिता गिरीले सबै कलाकारलाई लिएर कार्यशाला चलाइरहेकी छन् । यात्रामा आधारित प्रेमकथाको मुख्य पुरुष पात्रको भूमिका निश्चलले निर्वाह गर्नेछन् । बाँकी कलाकारलाई लण्डनबाटै लिइने भएको छ ।

नन्–एक्टर लिनुपर्ने कारणबारे निर्देशक लामिछानेले अनलाइनखबरसँग भने, ‘चलेका कलाकार व्यस्त भए । भनेको तालिकामा काम गर्न पनि कठिन हुने देखियो । नन्–एक्टरमा कामप्रति प्रतिबद्धता र समय हुन्छ । भनेजस्तो अभिनय पनि गराउन पाइन्छ ।’

नन्–एक्टरलाई लिंदा फिल्म क्षेत्रलाई फाइदा समेत हुने लामिछानेले बताए । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । प्रदीप र घनश्यामले सौगात मल्ल स्टारर ‘पञ्चेबाजा’मा सहकार्य गरेका थिए ।

घनश्यामको नयाँ फिल्म ‘अग्निदहन’ यसै वर्ष रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?