+
+

विराटनगरमा कात्तिकमा फ्लाएर्स फिल्म अवार्ड हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १४:४८

काठमाडौं । विराटनगरमा आगामी कात्तिक ५ गते फर्स्ट फ्लाएर्स फिल्म अवार्ड हुने भएको छ । ओजस फिल्म्स एण्ड इन्टरटेनमेन्टले मुम्बईको साइमन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो । २०७६ देखि २०७८ चैतसम्म सिनेमा रिलिज भएका फिल्मले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, पाश्र्वगायक, पाश्र्वगायिका, कथा, पटकथा, लाइफटाइम अचिभमेन्ट, पब्लिक च्वाइस अभिनेता र अभिनेत्री गरी २३ विधामा अवार्ड प्रदान गरिनेछ ।

काठमाडौं बाहिर नेपाली फिल्मको विकास र प्रवद्र्धनको लक्ष्य लिएर यो अवार्डको पहिलो संस्करण विराटनगरमा गर्न लागिएको आयोजक संस्थाका प्रमुख साइमन राजवंशीले बताए ।

‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्म तथा कलाकार पहिलो प्राथमिकतामा पर्दैनन् । त्यहाँ नेपाली फिल्मको बजार सन्तोषजनक छैन,’ राजवंशीले भने,’ त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौं ।’

अवार्ड समारोहमा प्रदेश १ का विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, संस्कार र पहिचान झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?