+
+

शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १४:५५

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सन् २०२३ को जुन २ मा प्रदर्शन हुने भएको छ । शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् ।

साउथ इन्डियन अभिनेत्री नयनतारा यो फिल्ममा अनुसन्धान अफिसरको रुपमा प्रस्तुत हुनेछिन् । फिल्ममा शाहरुखको दोहोरो भूमिका हुने जनाइएको छ । जसमा एउटा ग्याङस्टर र अर्को चाहिं भारतीय खुफिया एजेन्सी रअ अफिसरका पिताको चरित्र हुनेछ ।

शाहरुख र नयनताराले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । शाहरुख अभिनित ‘पठान’ र ‘डंकी’ रिलिजको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?