+
+

फिल्म ‘सर्वजीत’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते ११:२२

२१ जेठ, काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डीसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ ।

चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।  जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?