+
+

अछामको जिल्ला समन्वय समिति प्रमुखमा कुँवर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १९:१७

२१ जेठ, डोटी । जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे । नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । उनले पनि १२ मत प्राप्त गर्दै एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पारेकी हुन् । दानमती पञ्चदेवल नगरपालिका–४ बाट ५ सय ८० मत सहित नगरसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

जिल्ला समन्वय समितिका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । समन्वय समिति सदस्यहरुमा कांग्रेसका तर्फबाट नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय, पूर्ण रावलले र चक्राकुमारी रावल गरी पाँच जना निर्वाचित भएका छन् । माओवादीबाट प्रनाथ विक र एकीकृत समाजवादीबाट सीता भण्डारी निर्वाचित भएका छन् ।

१० स्थानीय तह रहेको अछाममा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले ६, माओवादीले दुई र समाजवादीले एक पद जितेको छ ।

संविधान अनुसार जिल्ला सभामा जिल्लाभित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ । जिल्ला सभाले निर्वाचनमार्फत गाउँ÷नगर सभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समिति छान्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?