+
+

श्रीलंकामा प्रयोगमा नरहेका जमिनमा खेती गर्न राष्ट्रपतिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ७:२६

२२ जेठ, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी अधिकारीहरूलाई वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिएको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले शनिबार जनाएको छ ।

श्रीलङ्काले आगामी महिनामा खाद्यान्न अभावको सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ ।

वृक्षारोपण कम्पनीहरूसँग ९ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिनको स्वामित्व छ। श्रीलङ्काले अप्रिल २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको हो ।

रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रीपरिषद्ले जनाएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?