+
+

मुगुम कार्मारोङमा यार्सा संकलकबाट २५ लाख राजस्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ८:१०
मुगुम कार्मारोङका पाटनमा यार्सा संकलक ।

२२ जेठ, मुगु । जिल्लाको मुगम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व संकलन भएको छ ।

गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २५०० का दरले राजस्व उठाउने गरिएको छ ।

मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजश्व असुली भएको र अझै राजस्व  उठाउने  टोलीले पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व संकलन गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए ।

अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेको हुँदा यो पटक राजस्व संकलन कम हुने अनुमान गरिएको उनको भनाइ छ ।

लेखा अधिकृत शाहीले विगतका वर्षहरूमा कम्तिमा ५ देखि ६ हजार यार्सा संकलकबाट राजस्व संकलन हुने गरेकोमा यो पटक स्थानीय तह निर्वाचनले गर्दा यार्सा टिप्ने व्यक्ति कम भएको बताए ।

मुगुम कार्मारोङ गाउपालिका-२ मा पर्ने विभिन्न यार्सागुम्बा पाउने पाटनमा क्षेत्रमा सुरक्षाकर्मीसहित राजस्व संकलन गर्ने टोली खटाइएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व संकलन गर्न पाएको थिएन ।

यार्सागुम्बा संकलकको लागि यही जेठ १५ गतेदेखि पाटन क्षेत्र खुल्ला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?