+
+

सामसुङले ल्यायो ४ नयाँ मोडलका वासिङ मेशिन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १३:०६

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड, सामसुङले नयाँ लाइनअप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेशिन सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यी नयाँ एआई एकोबब्बल वासिङ मेशिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका छन् । उपभोक्ताहरुको चाहना अनुरुप ८ देखि ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२२ का लागि एआई कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी, हाइजिन स्टिम लगायतका ४ नयाँ मोडल बजारमा ल्याएको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘एआई कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ । साथै मेशिन लर्निङ प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ ।’

२०२२ का वासिङ मेशिनहरुमा सामसुङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित रहेको र जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ ।

एआई इकोबब्बल नेपालको पहिलो वासिङ मेशिन भएको कम्पनीको भनाइ छ । यसले मल्टिपल अपसनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल सिफारिस गर्ने कम्पनीको भनाइ छ । यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आइओटि) सक्षम वासिङ मेशिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसुङ स्मार्ट टिभि जस्तै सामसुङ स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसंग कनेक्ट गर्न सकिन्छ । जसले गर्दा प्रयोगकर्ताहरुले सिमलेस अनुभव लिन सक्दछन् ।

सामसुङ स्मार्ट थिङ्ग्स एपसँग जोडेपछि एआई इको बब्बल वासिङ मेशिनहरुले २८ लाख डाटा अँकहरुमा आधारित उत्कृष्ट धुलाई अपशनहरु उपलब्ध गराउँछन् । धुलाई अनुभवलाई ज्यादा प्रभावकारी र सजिलो बनाउन लण्ड्री प्लानरले प्रयोगकर्ताहरुलाई धुलाइको अन्त्य हुने समय निर्धारण गर्न सघाउँछ भनें लण्ड्री रेसिपिले प्रयोगकर्ताद्वारा दिइएको रङ्ग, फेब्रिक किसिम र दागको डिग्री लगायतको सूचनाहरुमा आधारित उच्चतम धुलाई साइकलहरुको अटोमेटिक रेकमेन्डेशन प्रदान गरी अनुमान लगाउनु पर्ने आवश्यकतालाई हटाउने कम्पनीले बताएको छ ।

गोइङ आउट मोडले एन्ड टाइम ढिलो गर्न सहयोग गर्छ र धेरै समयसम्म वासरमा लुगा कपडाहरु छाडिनबाट बचाउँछ। यसका अलावा होम केयर विजार्डले प्रयोगकर्ताहरुलाई सम्भावित समस्याहरुका बारेमा सजग गराउँदै तीव्र समस्या निवारण गर्ने कम्पनीले जनाएको छ ।

मूल्य, उपलब्धता र वारेन्टी

सम्पूर्ण नयाँ वासिङ मेशिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसुङको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यी मेशिनहरुको सुरुवाती मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताहरुलाई एआई इकोबब्बल वासिङ मेशिनहरुमा १ वर्षको वारेन्टी र डिटिआई मोटरमा १० वर्षको वारेन्टी दिइनेछ ।

नयाँ वासिङ मेशिनकाहरु किन्न चाहने उपभोक्ताहरुले चुनिएका सामसुङ स्मार्ट प्लाजाहरुबाट शून्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलै फाइनान्सिङका विकल्पहरु रहेको कम्पनीले बताएको छ ।

यस्ता छन् विशेषताहरुः

एआई कन्ट्रोल

एआई कन्ट्रोलहरुले स्मार्ट समाधानहरु जस्तै लण्ड्री रेसीपी, लण्ड्री प्लानिङ, होम केयर विजार्ड र स्थानमा आधारित रेकमेन्डेशनहरु उपलब्ध गराएर धुलाई कार्यलाई बढी सहज र ज्यादा प्रभावकारी बनाइदिन्छन् ।

एआई प्याटर्नका कारण लुगा धुने व्यक्तिको व्यवहारलाई सम्झन्छ र बुझ्छ अनि सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिन्छ । यसले साइकलहरु पर्सनलाइज गरेर उत्तम धुलाई अनुभवलाई आवश्यकताहरु र जीवनशैलीसँग अनुकुल मिलाउँछ । साथै यसले सर्भिस सेन्टरलाई नबोलाइकनै र म्यानुअल नहेरी समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।

एआई इकोबब्बल

सामसुङको इकोबब्बल प्रविधिले डिटरजेन्टलाई पानीमा घुलाउनलाई बबल उत्पन्न गर्दछ र त्यसपछि हावा इन्जेक्ट गराएर घना फिंज उत्पादन गर्दछ जुन ४० गुणा छिटो प्रवेश हुन्छ । बब्बल कुशनका साथ यस प्रविधिले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर प्रदान गर्दछ । कोमल र सौम्य बब्बलहरुले मुलायम कपडाहरु जस्तै आउटडोर पहिरनहरु र वाटर रिपेलेन्ट फेब्रिकहरुलाई जोगाउँछ ।

इको बब्बलले पानीमा डिटर्जेन्ट राम्ररी घोलेर कपडाहरुमा छिटो प्रवेश गराइदिन्छ । सुपर इको वाशले केवल ३० प्रतिशत ऊर्जा खपत गर्दै केवल १५ डिग्री सेल्सियसमा धोएर ४० डिग्री सेल्सियस धुलाइको प्रतिफल दिन्छ ।

बब्बल सोक

बब्बल सोक प्रणालीले विभिन्न किसिमका दागहरु एक स्पर्शमै राम्ररी र सफासँग हटाइदिन्छ । यो सक्रिय बब्बल प्रणालीले विभिन्न खाले जिद्दी दागहरु जस्तै रगत, चिया, वाइन, मेक–अप र घाँसका दागहरु हटाउन मद्तध गर्छ ।

एड वास

एड वासले धुलाई साइकल सुरु भए पश्चात् पनि प्रयोगकर्तालाई डिटरजेन्ट अथवा थप कपडाहरु राख्ने कार्यमा सघाउँछ । एक साइकलको दौरान बिर्सिएका सामग्रीहरु, अतिरिक्त सफटनर र मिच्ने मात्रका वस्तुहरु थप गर्न सकिन्छ ।

हाइजिन स्टिम

हाइजिन स्टिमले ड्रमको तलबाट वाफ निष्कासन गरेर र धुलाईलाई पूर्णतया राम्ररी भिजाएर कपडाहरुको सफाइ गर्छ । हाइजिन स्टिमले कडा मयल र ९९.९ प्रतिशत जीवाणु तथा एलर्जिहरु हटाइदिन्छ । हाइजिन स्टिम साइकलमा पहिले पानी, मयल र डिटरजेन्ट निष्कासन हुन्छ ।

दोस्रोमा, यसले वाफ बनाउन थोरै सफा पानी लिन्छ । त्यसपछि २० मिनेटको लागि बिल्ट इन हिटरले पानी उमाल्छ । वाफ चरणपछि यसले पानी निष्कासन गर्छ र मिच्ने प्रक्रिया शुरु गर्छ अनि अन्त्यमा साइकल पूरा गर्न अर्को धुलाई प्रक्रियालाई अघि बढाउँछ ।

डिजिटल इन्भर्टर प्रविधि

डिआइटिले शान्त र अधिक शक्तिशाली कार्यको लागि बलिया चुम्बकहरु प्रयोग गर्दछ , तर ब्रश भएको युनिभर्सल मोटरको दाँजोमा कम ऊर्जा खपत गर्दछ ।

यसले ब्रशहरु प्रयोग गर्दैन र यसको निर्माण उच्च गुणस्तरीय मेकानिकल इन्जिनियरिङ्ग प्रयोग गरेर गरिन्छ । यसमा १० वर्षको वारेन्टी प्रदान गरिएको छ, जसले वासिङ मेशिनको आयु धेरैकालको भएको ग्यारेन्टी दिन्छ ।

ड्रम क्लिन/ड्रम क्लिन प्लस

ड्रम क्लिनले कुनै पनि केमिकलहरुको प्रयोगविना वासरलाई जीवाणु रहीत एवं फोहर रहीत राख्न सहयोग गर्छ । यसले वासरको भित्रबाट ९९.९ प्रतिशत जीवाणु र रबड ग्यास्केटबाट फोहरहरु हटाइदिन्छ ।

ड्रम क्लिन प्लस साइकलको इन्टरटेकद्वारा गरिएको परीक्षणमा आधारित । वासिङ मेशिनले स्वतः प्रयोगकर्तालाई सफा गर्नु पर्ने बेला नोटिफाइ गराउँछ ।

स्टे क्लिन ड्रयर

स्टे क्लिन ड्रयरमा धेरै डिटरजेन्ट वाटर फ्लसिङ्ग प्रणालीले धोएर लग्छ । त्यसैले सबै डिटरजेन्ट वा सफ्टनरहरु पूर्णतया प्रयोग हुन्छ र ट्रे सफा तथा अधिक स्वच्छ रहन्छ ।

सुपर स्पिड साइकल

सुपर स्पीड साइकल विशेषताले फूल लोडको धुलाई केवल ५९ मिनेटमा गर्न सक्छ । इको बब्बल प्रविधिले शक्तिशाली सफाईको सुनिश्चितता दिन्छ भने स्पीड स्प्रे प्रयोग गरेर रिन्ज समय छोट्याउन सकिन्छ । यसले कपडाहरुलाई छिटो स्पिन–ड्राई गर्न स्पिनको गति पनि बढाउँछ ।

क्वीक ड्राइभ

यो प्रविधिले धुलाई साइकलहरुलाई तीव्र रुपमा छिटो मात्र गर्दैन साथसाथै प्रक्रियालाई अझ सजिलो र बढी इनर्जि एफिशिएन्ट पनि बनाउँछ ।

नवीनतम फेब्रिक केयर ड्रममा पल्सेटर जडित छ, जसले हरेक पटक लुगा छिटो र प्रभावकारी ढँगले धुन्छ ।

अटो डिस्पेन्सर

अटो डिस्पेन्सरले कम समयमा राम्ररी लुगा धुन सघाउँछ । यसले प्रत्येक लोडका लागि डिटरजेन्ट र सफ्टनरको आवश्यक परिमाण अटो डिस्पेन्स गरेर २६ प्रतिशत डिटरजेन्ट तथा ४६ प्रतिशत सफ्टनरको बचत गराउँछ । यसमा भएको सजिलै डिटरजेन्ट भर्न सकिने डिट्याचेबल ट्याँकमा १ महिनासम्म धुन पुग्ने डिटरजेन्ट राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?