+
+

प्रतिनिधिसभा चुनावमा काठमाडौं-६ बाट उम्मेदवारी दिने सञ्जय श्रेष्ठको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १४:४६

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका हुन् ।

सञ्जयले लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरें । अब बाँकी तपाईंहरुको साथ र विश्वास ।’

यसअघि उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए । उनी गत मंसिरमा मात्र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गरेका हुन् ।

पार्टीले टिकट नदिए पनि आफू स्वतन्त्र रुपमा उठ्ने उनले जनाए । सन् १९९२ मा श्रेष्ठले निर्माण गरेको क्रसरोड ब्यान्डको चर्चित गीत ‘माया मेरी माया’ले उनलाई हिट तुल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?