+
+

लोसपा बैठक : तालमेलबारे चुनाव घोषणापछि मात्र निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १९:००

२२ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको निष्कर्ष छ ।

चुनावमा पैसाको चलखेल हुनुका साथै राज्य शक्तिको व्यापक दुरुपयोग भएको समेत उसको दाबी छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलबारे तत्काल निर्णय नगर्ने लोसपाले बताएको छ । ‘चुनावको मिति घोषणा भएपछि हाम्रो माग मुद्दाबारे जो सकारात्मक हुन्छ, त्यही पक्षसँग सहकार्य गर्ने भन्ने भएको छ’, जसपा कार्यकारिणी सदस्य केशव झाले भने ।

बैठकमा केही नेताले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी सहकार्यको चर्चाबारे पनि प्रश्न गरेका थिए । तर अध्यक्ष महन्थ ठाकुरले आफूले पनि सञ्चार माध्यममा सुनेको भन्दै प्रस्ताव आए छलफल गर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटबारे समेत ब्रिफिङ गरेका छन् । नागरिक विधेयक लगायतका पार्टीले उठाउँदै आएका मागमा प्रधानमन्त्री सकारात्मक रहेको उनले सुनाए ।

बैठकले पार्टीका अरु मागलाई समेत समेटेर प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?