+
+

एउटा विचित्रको गाउँ : बलात्कारीहरू जेलमा होइन सुन्दर घरमा बस्दछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:५७

संसारमा बलात्कारीहरूलाई देशको कानुनअनुसार विभिन्न खालका सजायहरू दिइन्छ, जसमा जन्मकैददेखि मृत्युदण्डसम्म समेत हुने गरेका छन् । तर यो दुनियाँमा एएटा यस्तो गाउँ छ जहाँ बलात्कारीलाई जेलमा होइन सुन्दर तथा भव्य घरमा पठाइन्छ, ता कि ऊ आनन्दसँग बसोस् ।

अमेरिकाको फ्लोरिडा बाहिर रहेको मिरेकल भिलेज यस्तो गाउँ हो जहाँ अपराधीहरूले आनन्द तथा सुखपूर्ण जीवन बिताइरहेका छन् ।

मिरेकल भिलेजमा करिब २०० बलात्कारका आरोपीहरू परिवारसँगै बस्दै आएका छन् । तीमध्ये कतिपयलाई प्रहरीले त्यहाँ लगेर राखेको छ भने कतिपयलाई उनीहरूका परिवारले त्यहाँ लगेर छाडिदिएका हुन् ।

अन्त कतै बस्नका लागि ठाउँ नपाएका, परिवार तथा आफन्त र छिमेकीहरुबाट समेत बहिष्करणमा परेका अपराधीहरूलाई उक्त गाउँमा बस्न दिइन्छ ता कि उनीहरूलाई आफ्नो घर तथा परिवारको सम्झना आओस् र अपराधको पश्चाताप गर्ने मौका मिलोस्।

करिब २२ एक्कडमा फैलिएको यो गाउँमा बलात्कारको अपराधमा दोषी ठहर भएकालाई सन् २००९ देखि बसाल्न थालिएको हो । उनीहरू यो गाउँमा आफ्ना परिवारसँगै आरामसँग बस्न सक्दछन् ।

उखुखेतीको नजिकै रहेको यो गाउँ सुरुमा सन् १९६० मा घरेलु दासहरूलाई राख्नका लागि स्थापना गरिएको थियो । पादरी डिक इथेरोले यो गाउँको स्थापना गरेका थिए ।

बलात्कारका दोषीहरूको आचरण सुधार गर्न तथा समाजमा पुनर्स्थापना गर्नका लागिसमेत यहाँ विभिन्न खालका कार्यक्रम सञ्चालन हुने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?