+
+
Shares

मन्त्री बनाउने निर्णय पार्टीको हो, अरुले गर्ने होइन : खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १७:०५

२३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् ।

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती भएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरुले गर्ने विषय नभएको टिप्पणी समेत गरे।

‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो,’ खनालले भने, ‘अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा(एकीकृत समाजवादी)ले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो ।’

६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताए।

‘हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो । कमिटीले निर्णय गर्छ,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?