+
+

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

रासस रासस
२०७९ जेठ २४ गते १०:३०

२४ जेठ, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?