+
+
Shares

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १०:५८

२४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री देउवालाई आज बिहान बालुवाटारस्थित निवासमा भेटेर लोसपा अध्यक्ष महन्थ ठाकुरले ज्ञापन पत्र बुझाएका हुन् ।

नागरिकता विहीनहरुको समस्या समाधान गर्न, महँगी नियन्त्रण गर्न, किसानहरुलाई सहजरुपमा मलखादको व्यवस्था गर्न, टिकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित मधेस आन्दोलनको क्रममा पक्राउ परेका अन्य नेता–कार्यकर्ताहरुलाई रिहाइ गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको लोसपाका नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिटोभन्दा छिटो संसदबाट पास गर्ने प्रतिवद्धता जनाएको पनि अरगरियाले बताए । अरगरियाले भने, ‘हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएका छौं । त्यसमा नागरिकता विहीनहरुलाई जबसम्म संघीय कानून बन्दैन, तबसम्म नागरिकता विहीनहरुले अधिकार पाउन सक्दैनन् । त्यसैले पहिला नागरिकताको विषयमा छिटोभन्दा छिटो सांसदबाट पास हुनुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’

लोसपाले बुझाएको ज्ञापन पत्रमा जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने, महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, भूमिहीनलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?