+
+

पोखराको सवारी कार्यालयले भन्यो-नयाँ र सरुवा दर्ता सवारीमा मात्रै इम्बोस्ड प्लेट सम्भव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १६:१२

२४ जेठ, काठमाडौं । कास्कीको यातायात यातायात व्यवस्था कार्यालय सवारीले नयाँ दर्ता हुने र सुरुवा दर्ता हुने सवारीलाई मात्रै इम्बोस्ड नम्बर प्लेट दिन सकिने स्पष्ट गरेको छ । एक सूचना प्रकाशित गर्दै कार्यालयले सरकारले दिएको निर्देशनअनुसार इम्बोस्ड प्लेट जडान गर्न नसकिने बताएको हो ।

कार्यालयले कार्यालयमा इम्बोस्ड प्लेट जडानका लागि चाप बढेको बताएको छ । तर, विभागले दिएको पूर्वाधारका आधारमा दिनमा ४०-५० जनालाई मात्रै यस्तो सेवा दिन सकिने कार्यालयले बताएको छ ।

कार्यालय परिसरमा पार्किङको समेत समस्या रहेको भन्दै कार्यालयले थप पूर्वाधार र जनशक्तिको व्यवस्था नभएसम्मका नयाँ दर्ता हुने र सुरुवा दर्ता हुने सवारीलाई मात्र सेवा दिन सकिने बताएको छ ।

यातायात व्यवस्था विभागले भने बाग्मती र गण्डकीमा सबै पूर्वाधार तयार गरेर इम्बोस्ड प्लेटको जडान अनिवार्य गर्न सरु गरेको बताउँदै आएको छ । विभागले २२ कार्तिक २०७६ मा प्रकाशित राजपत्रअनुसार १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी, १ फागुनदेखि नामसारी हुने सवारी र १ जेठ २०७९देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारीलाई इम्बोस्ड अनिवार्य गरिएको बताएको छ ।

तर, विभागले भनेअनुसार पूर्वाधार नभएको भन्दै पोखराको सवारी कार्यालयले नयाँ दर्तामा मात्रै सेवा दिन सकिने बताएको छ । विभागले भने अनिवार्य गरिएका सवारीमा इम्बोस्ड नजोडिए आगामी साउन १ देखि ट्राफिक प्रहरीमार्फत कारवाही सुरु गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?