+
+
Shares

लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते ११:१८

२५ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् ।

‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ,’ बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’

उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उनले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष यादवले मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा लोसपाका नेताहरूलाई एकतामा आउन आह्वान गरेका थिए ।

अध्यक्ष यादवले ५ दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए । ‘हामी चाहान्छौं गठबन्धन नियमित अघि बढोस्’ उनले भने, ‘भलै कुनै पार्टीलाई कतै नोक्सान त कतै फाइदा पनि हुन्छ ।’

अध्यक्ष यादवले लोकतन्त्रमा रहेको संकटबाट बचाउँदै मुलुकलाई ट्रयाकमा ल्याउन सफल भएको पनि बताए ।

उनले सदनबाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिंदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?