+
+

ललितपुरको फोहोर बागमती करिडोरमा

मेयरलाई थाहा छैन !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते २०:१६
फाइल तस्वीर

२५ जेठ, काठमाडौं । बञ्चरे डाँडाका स्थानीय वासिन्दाले फोहोर फल्न अवरोध गरेपछि ललितपुर महानगरपालिकाले बागमती करिडोरमा फोहोर बिसर्जन गरेको छ ।

ललितपुर महानगरपालिकाले सडकबाट फोहोर उठाएपनि बागमती करिडोरमा थुपारिरहेकोे छ । कुपण्डोल पुल नजिक फोहोर थुपारेकाले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको थुप्रोबाट बगेको लिचेड सडकसम्म बगेको छ ।

बागमती करिडोरको कुपण्डोल क्षेत्रमा मात्र नभई कुपण्डोल पुल अगाडि पनि ठाउँठाउँमा फोहोर थुपारिएको छ । त्यस क्षेत्रबाट हिँड्ने सर्वसाधारण गन्धका कारण नाकमुख छोप्न बाध्य छन् ।

बञ्चरेडाडाका स्थानीयले फोहोर फाल्न नदिएपछि केही दिनदेखि ललितपुरको फोहोर बागमती करिडोरमा जम्मा गरिएको हो ।

ललितपुर महानगरपालिकाले भित्री सडकमा थुप्रिएको फोहोर उठाए पनि बागमती करिडोरमा भने ठाउँठाउँमा फोहोर थुपारिएको छ । केही फोहोर भने बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा जम्मा गरिरहेको छ ।

‘विगत केही दिनदेखि फोहोर उठ्न नसक्दा समस्या भएको छ तैपनि हामीले फोहोर संकलन केन्द्रमा जम्मा गरेर गन्ध नआउने केमिकल छर्किरहेका छौं’ ललितपुरका मेयर चिरीबाबु महर्जनले भने ।

ललितपुर महानगरले फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिएकाले त्यति समस्या नभएको महर्जनको भनाइ छ । उनले कुपण्डोल पुल आसपास र बागमती करिडोरमा फोहोर थुपारिएको विषयमा भने अनविज्ञता प्रकट गरे ।

‘हामीले सबै फोहोर उठाएर संकलन केन्द्र (बालकुमारी) मा जम्मा गरेका छौं कहाँ छ भन्नुस् त म तुरुन्त उठाउन लगाउँछु’ उनले अनलाइनखबरलाई भने ।

महानगरपालिकाका अनुसार ललितपुर महानगरपालिका भर दैनिक १८० देखि २ सय मेट्रिक टनसम्म फोहोर संकलन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?