 
																			२७ जेठ काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही-रामपुरस्थित सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही-२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो ।
बिहीबार बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही-४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4