+
+

‘ब्ल्याक एडम’को ट्रेलर रिलिज, ‘एन्टी-हिरो’ भूमिकामा रक जोन्सन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:२७

काठमाडौं । हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर रिलिज भएको छ ।

दुई मिनेट लामो ट्रेलरमा कुस्ती र हलिउड लिजेन्ड टाइटन जोन्सनलाई ‘एन्टी-हिरो’ चरित्रमा देख्न सकिन्छ । यो पात्रलाई ईश्वरीय क्षमताले भरिपूर्ण चरित्रको रुपमा पेश गरिएको छ ।

पाँच हजार वर्ष पुरानो एक सुपरहिरो विशेष मानव क्षमतासहितको गुण र उड्न सक्ने क्षमताको रुपमा पुनर्जन्म लिएपछिको कथा यसमा प्रस्तुत छ । डीसी युनिभर्सको सेटिङमा खिचिएको फिल्मको ट्रेलरमा मुख्य पात्रले प्लेनलाई मुक्का हानेको र रकेटलाई समेत समातेको देख्न सकिन्छ ।

ट्रेलरले फ्यानलाई उसको पूर्वजीवनको झल्को दिन्छ जतिबेला ऊ एकपटक दास थियो र अहिले त्यो दासत्वबाट मुक्त भएको बताउँछ । एडमसँगै दर्शकले फिल्मका नयाँ चरित्रलाई पनि ट्रेलरमा देख्न सक्छ ।

फिल्म आगामी अक्टोबर २१ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?