+
+

ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १३:२६

२६ जेठ, काठमाडौं । ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार छन् ।

उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार ती किशोरीलाई प्रलोभनमा पारेर परियारले १४ जेठमा साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने वित्तिकै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
जनाइएको छ ।

थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?