+
+

पाकिस्तानमा विजुलीको संकट, राति १० बजेअघि नै विवाह सक्नु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १५:००

२६ जेठ, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा विजुलीको अभाव भएको छ ।

राजधानीमा नै विजुलीको संकट आएपछि इस्लामावाद प्रशासनले राति १० बजेसम्ममा विवाहका कार्यक्रम सक्न आदेश दिएको छ ।

कुनै पनि वैवाहिक कार्यक्रम आयोजना गर्ने हल, होटल र रेष्टुरेन्ट वा पार्टी प्यालेस जहाँ सुकै आयोजना भए पनि विवाह समारोह राति १० बजे अघि नै सक्नु पर्ने छ । यो आदेश अबको दुई महिनासम्म कायम रहने छ ।

विवाह समारोहमा धेरै धेरै वत्ती बाल्ने भएका कारण विवाह समारोह छिटो सक्न प्रशासनले आदेश दिएको हो ।

देशमा बढ्दो उर्जा संकटलाई ध्यानमा राख्दै पाकिस्तान सरकारले साँझ परेपछि बजार बन्द गर्ने बारेमा पनि छलफल अघि बढाएको छ ।

पाकिस्तानमा कोइला, जलविद्युत र प्राकृतिक ग्यासबाट विजुली उत्पादन हुँदै आएको छ । तर पछिल्लो समय उत्पादन घटेका कारण पाकिस्तानमा विजुलीको अभाव भएको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?