+
+

तनहुँ २ बाट उम्मेदवार बन्ने प्रदीप पौडेलको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १६:३३

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चाहना राखेका छन् ।

स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरेको छु ।’ यो उनको गृह क्षेत्र पनि हो ।

तनहुँमा कांग्रेसका नेताहरु धेरै भएको उल्लेख गर्दै पौडेलले पार्टीले आफूलाई अन्य जिल्लाबाट उम्मेदवार बनाए पनि स्वीकार गर्ने बताएका छन् ।

पौडेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा तनहुँ २ ‘क’ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । कोइराला १६ हजार ६४६ मत ल्याई निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए ।

तनहुँ २ मा गत निर्वाचनमा कांग्रेसका शंकर भण्डारी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?