+
+
Shares

बजार अनुगमन : ११ महिनामा १२ सय फर्मलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १७:५०

२६ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा १२०१ फर्मलाई कारबाही गरेको छ । कारबाहीबाट एक करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना संकलन भएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।

चालु आवको हालसम्म २ हजार ७ सय १३ फर्ममा अनुगमन गर्दा १२ सय एक फर्मलाई कारबाही गरिएको शर्माले बताए । शर्माकाअनुसार जेठ महिनाको २५ गतेसम्म २७६ फर्मलाई कारबाही गरिएको छ । सो कारबाहीबाट १६ लाख रुपैयाँ संकलन भएको उनले बताए । उनका अनुसार वैशाख महिनामा ३०२ फर्म कारबाहीमा पर्दा १६ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ ।

२०७८ को चैत्र महिनामा विभिन्न १५१ फर्मलाई अनुगमन गरी २१ लाख ४० हजार र फागुन मसान्तसम्म विभिन्न एक हजार ९७९ फर्महरुलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिए ।

विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरुसहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताए ।

‘विभिन्न समस्याका बाबजुत विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रुपले बढेको छ,’ शर्माले भने, ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौं ।’

शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेकोले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?