+
+
Shares

उद्योग वाणिज्य महासंघको विधान संशोधन हुन्छ : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १०:२८

२६ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने छन्। बिहीवार काठमाडौंमा नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्ने गरी विधान संशोधन गरिने बताए । उपाध्यक्ष श्रेष्ठले लामो समय देखि युवा उद्यमीलाई महासंघमा ल्याउनु पर्छ भनेर लागि परेकाले त्यही अनुसार संधोधन हुने प्रतिवद्धता जनाए ।

राज करणको नेतृत्वमा युवा उद्यमी संघ

युवा उद्यमी संघ ललितपुर शाखाले बिहीवार नै नयाँ नेतृत्व चयन गरेको छ । युवा उद्यमी राजकरण श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । संघका नवनिर्वाचित अध्यक्ष राजकरण श्रेष्ठले युवा उद्यमी संघलाई नेपालका युवा उद्यमी बन्न चाहाने युवाहरुलाई सहयोग गर्ने माध्यम बनाउने बताए। उनले सरकारसँग युवा उद्यमको लागि रहेका समस्या समाधान गर्ने र नीतिगत व्यवस्थामा सहजीकरण गर्ने काममा निरन्तर लाग्ने बताए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?