
२७ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले बिभिन्न सात किसिमका सिफारिस निःशुल्क गर्ने भएको छ ।
नगर प्रमुख सुखदेव यादवका अनुसार नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइ सराइ, घरबाटो र चार किल्ला प्रमाणित सिफारिस निःशुल्क गरिने छ । नगर प्रमुख यादवले नगरपालिकाका १० वटै वडालाई पत्राचार गर्दै यी सिफारिस निःशुल्क गर्न भनेका छन् ।
यस्तै, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि धनुषा जिल्लाभित्रका स्वास्थ्य संस्था र अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।
यी सेवाहरु शुक्रबार (आज) देखि लागू हुने नगर प्रमुख यादवको भनाइ छ । ‘म आफैं यो निर्णय गरेर वडाहरुलाई पत्राचार गरेको छु,’ उनले भने, ‘कार्यपालिकाको बैठकमा अनुमोदन हुने गरी यो निर्णय गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4