+
+

स्वतन्त्र उम्मेदवारी दिएकाहरुका भेला असार १७ र १८ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:२६

२७ जेठ, काठमाडौं । संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुको भेला डाकिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको छ । ‘स्थानीय तहको निर्वाचनमा पाएको जनमतलाई सम्मान गर्दै आउँदो निर्वाचनको तयारी,रणनीति र कार्यदिशा तय गर्ने उद्धेश्य’ले भेला बोलाइएको छ ।

भेलामा सहभागी हुन र आर्थिक सहयोग गर्न छुट्टाछुट्टै क्युआर कोडको व्यवस्था गरिएको छ । भेलामा सहभागी हुनका लागि क्यु आर कोड मार्फत नाम दर्ता गर्नुपर्नेछ । सहभागी हुनको लागि एक हजार ५०० शुल्क तोकिएको छ । दुई दिनको खानाको लागि शुल्क तोकिएको भेलाका अगुवा डम्बर साहुले जानकारी दिए ।

यस भेलाप्रति स्वतन्त्र उम्मेदवारी दिएकाहरुको नै मतैक्यता रहेको छैन । सामूहिक छलफल नगरि कुनै एक व्यक्तिले भेला बोलाउनुको अर्थ नहुने असन्तुष्ट पक्षको भनाई छ । ‘एक व्यक्तिको खातामा पैसा हालिदेउ भनेर भेला डाक्नुको अर्थ छैन । कुनै छलफल गरेर बोलाइएको भेला होइन ।’

पोखरा महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी गनेश पौडेलले भने,‘त्यो भेलामा मेरो समर्थन छैन । स्वतन्त्र उम्मेदवार दिएका धेरैलाई थाहै छैन ।’ देशभर उठेका स्वतन्त्र उम्मेदवारलाई आफैंले उठाए झैं गरि अपनत्व लिने प्रयास भएकाले भेलाको औचित्य नरहेको पौडेलले बताए ।

भेलामा देशभरबाट २ हजार बढी सहभागी हुने साहुले दाबी गरे । दोस्रो दिनको बन्दसत्रमा ७ देखि ८ सयको सहभागिता हुने उनले जानकारी दिए । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका सबै जना आउनेमा साहु नै ढुक्क देखिएनन् । ‘धेरै जनासँग छलफल गरेर नै भेला डाकिएको हो । स्वतन्त्रबाट विजयी भएका कोही आउँदिन भन्नुहुन्छ भने उहाँहरुको इच्छाको कुरा हो ।’ साहुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?