+
+

प्रदेशसभामा शेरधनको सम्बोधन : नीति कार्यक्रम फोटोकपी, सरकारले काम गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १३:३०

२७ जेठ, विराटनगर । मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश संसदमा पहिलो पटक बोलेका प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारको आलोचना गरेका छन् । गठबन्धन सरकारले काम गर्न नसकेको भन्दै उनले चर्को आलोचना गरेका हुन् ।

मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक संसदमा बोलेका उनले मिलिजुली खानकै लागि बनेको सरकारले काम गर्न नसकेको दाबी गरे । सरकार कमिसनमा डुबेको उनको भनाइ छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमप्रति टिप्पणी गरेका उनले आफ्नो नेतृत्वले गरेको कामको जस वर्तमान सरकारले लिन खोजेको उनको आरोप छ । गन्तब्य, उदेश्य र नीति बिहिन भएको प्रदेश सरकारले आफ्नो नेतृत्वमा रहेको सरकारले ल्याएकै नीति कार्यक्रम ल्याउको बताए ।

कुनै काम गर्न नसकेको प्रदेश सरकार रणभुल्लमा परेको उनले बताए । उनले भने,‘ प्रदेश संरचनाको जग कहाँ हाल्नु भएको छ ? कति वटा ऐन बनाउनु भयो ?’

उनले प्रदेश सरकारले स्थायी राजधानीको संरचना निर्माणका लागि जग्गा खोज्न बनाएको कार्यदलको नियतप्रति शंका गरे । मुख्यमन्त्री राजेन्द्र राईले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको नेतृत्वमा जग्गा खोज्न कार्यदल बनाएका थिए । कार्यदलले भूमाफियासँग चलखेल गर्न खोजेको उनको आशंका छ ।

अघिल्लो सरकारले प्रदेश संरचनाका लागि जग्गा खोज्न कर्मचारीको नेतृत्वमा बनाएको समिति भङ्ग गरेर सरकारले मन्त्रीको नेतृत्वमा जग्गा खोज्न कार्यदल बनाउनुको रहस्य विस्तारै खुल्ने उनले बताए ।

‘जग्गा खोजविनका लागि कर्मचारीको नेतृत्वमा एउटा समिति बनेको थियो, त्यो समिति किन खारेज गर्नुभयो र मन्त्रीको नेतृत्वमा बनाउनु भयो ?’ उनले भने,‘ यसमा रहस्य के छ ? जग्गा खोजविन कसरी भइरहेको छ, कि भूमाफियासँग कुरा मिलेको छैन ?’

आफ्नो पालामा सुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रमको विरोध गर्नेहरुले सरकारमा पुगेपछि कार्यक्रमा प्रहरीले डामेर छाडेकाहरुलाई भर्ती गरेको उनको आरोप छ ।

‘आज तपाइहरु त्यही (म अघि बढ्छु) कार्यक्रमको विरोध गर्ने, अनि फेरि त्यही कार्यक्रम अन्तर्गत प्रहरीले डामेर छाडेका मान्छेहरुलाई भर्ती गरेर राख्ने ?’ दुई लाख विद्यार्थीलाई सगरमाथा टिन्स क्लबमा आफ्नो सरकारले जोडेको बताउँदै उनले प्रदेश सरकार काम गर्न चुकेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?