+
+

मूल्यवृद्धि ८ प्रतिशत, काठमाडौं र तराईमा दुई गुणाले बढ्यो महँगी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते २०:३०
फाइल तस्वीर

२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ ।

यस्तै फलफूल १२.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११.३० प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९.७० प्रतिशत छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१ शिक्षामा ११.६४ र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । समिक्ष अवधिमा तराई क्षेत्रमा मूल्य वृद्धि आकासिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको १० महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत तराईमा ८.१५ प्रतिशत र पहाडमा ७.८९ प्रतिशत छ । यस्तै हिमाल क्षेत्रमा मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमश ३.६२, ३.५१, ४.१४ र १.३३ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?