+
+

प्रधानसेनापति शर्मा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते २०:०६

२७ जेठ, काठमाडौं। संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका छन् ।

चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका फ्लिनले शुक्रबार सैनिक मुख्‍यालय जङ्गी अड्डाको भ्रमण र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट वार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको सेनाले जनाएको छ ।

नेपाल बसाइँका क्रममा फ्लिन र उनका भ्रमणदलका सदस्‍यहरु शनिबार माउन्टेन फ्लाइटमा सहभागी हुनेछन् ।

साथै आइतबार काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन र शिवपुरी सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?