+
+

भक्तपुर जिसस प्रमुखमा एमालेका थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते १९:२२

२८ जेठ, भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमालेका उम्मेदवारले समान ३/३ मत ल्याए पछि गोलाप्रथा गर्दा थापा प्रमुखमा निर्वाचित भएका हुन् ।

उपप्रमुखमा भने कांग्रेसकी सुजाता बादे निर्वाचित भइन् । उनले पनि गोला प्रथाबाटै जितेकी हुन् । ८ मत रहेको भक्तपुरमा एमाले तीन, गठबन्धन तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई मत छ ।

जिसस गठन गर्दा आ–आफ्नै उम्मेदवार तय गर्दा एमालेलाई फाइदा भएको छ । ३ मत रहेको एमालेले जिसस प्रमुखसहित ५ सदस्य जितेको छ भने कांग्रेसले उपप्रमुखसहित दुई सदस्य जितेको छ । भक्तपुरमा सात सदस्यीय जिसस बनाउने सर्वदलीय सहमति जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?