+
+

एसियन कप छनाेट : कुवेतसँग नेपाल ४-१ ले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते ५:४९

२९ जेठ, काठमाडौं । एएफसी एसियन कप छनाेट अन्तर्गत समूहकाे दाेस्राे खेलमा नेपाल घरेलु टाेली कुवेतसँग ४-१ ले पराजित भएकाे छ । शनिबार राती कुवेतकाे जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएकाे खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो ।

जाेर्डन विरुद्धकाे अघिल्लाे खेलकाे तुलनामा नेपालले कुवेत विरुद्ध आक्रामक फुटबल खेलेकाे थियाे । तर, काउन्टर अट्याकमा आफैं गाेल खायाे । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गाेल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गाेल गरे ।

समूहमा नेपालकाे याे लगातार दाेस्राे हार हाे । पहिलाे खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएकाे थियाे ।

नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गाेल फर्काए ।

नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गाेल गर्न सफल भएकाे हाे । सन् १९८२ काे एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गाेल गरेका थिए । त्यस खेलमा नेपाल ३-१ ले पराजित भएकाे थियाे । त्यसकाे ४० वर्षपछि नेपालका दर्शन गुरुङले कुवेत विरुद्ध गाेल गरेका हुन् ।

मैदानमै बेहाेस भए प्रशिक्षक अल्मुताइरी

खेलमा नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहाेस भए ।

दाेस्राे हाफकाे सुरु भएलगत्तै अल्मुताइरी नेपालकाे टेक्निकल एरियामा बेहाेस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाई स्ट्रेचरमा राखेर अस्पतालतर्फ लाँदै गरेकाे दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएकाे थियाे । अस्पताल लैजाँदै गर्दा उनकाे मुखमा अक्सिजन मास्क लगाइएकाे थियाे ।

नेपालले कुवेतसँग पहिलाे हाफमा १ गाेल खाएकाे थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलाे हाफमा रेफ्री र फाेर्थ अफिसियलसँगकाे विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेंलाे कार्डसमेत देखाइएकाे थियाे ।

पहिलाे खेलमा जाेर्डनसँग २-० ले हारेकाे नेपालले कुवेतसँगकाे याे खेल ४-१ गाेलअन्तरले गुमाएकाे छ । लगातार दुई हारसँगै नेपालकाे एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?