+
+

गोकर्णेश्वरमा शौचालयमा लडेकी महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १०:२५

२९ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ ।

नगरपालिकाको वडानम्बर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका-५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो ।

खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् । उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको देखी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ । खड्काका आफन्त नआएकोले शव सोही अस्पतालमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?