+
+

इन्दिरा र शरद्को मेहेन्दी उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:४७

काठमाडौं । गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ ।

तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् ।

यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएका थिए । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेको थियो ।

शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनीहरुले काठमाडौंको एक होटलमा केही दिनमा विवाह गर्दैछन् । विवाह समारोहमा परिवारका सदस्य र सीमित व्यक्ति मात्रै उपस्थित हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?