+
+

माटोको ढिस्काले पुरिएर दाजुभाइको मृत्यु

रासस रासस
२०७९ जेठ २९ गते १३:२४

२९ जेठ, रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

परिवर्तन गाउँपालिका वडा नंं ५ दाउन्ने भिर स्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई बालकको माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?