+
+

गठबन्धन जोगाउन मुगुमा कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई पनि दियो जिससमा स्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १५:४१

२९ जेठ, मुगु । जिल्ला समन्वय समितिमा एकल बहुमत पुग्ने भए पनि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि समावेश गरेको छ ।

काग्रेसले प्रमुख, उपप्रमुख र ५ सदस्य लिएको छ । यस्तै माओवादी र एकीकृत समाजवादीले एक-एक सदस्य पाएका छन् ।

४ स्थानीय तह रहेको मुगुमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित ५ जितेर जिससमा एकल बहुमत बनाएको भए पनि तीन दलीय गठबन्धनलाई कायम राख्न माओवादी र एकीकृत समाजवदीलाई एक-एक सदस्य दिएको कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले बताए ।

जसअनुसार कांग्रेसबाट प्रमुखमा मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् ।

यस्तै कांग्रेसबाट एक खुल्ला  सदस्य, एक दलित अल्पसख्यक सदस्य र तीन महिला सदस्य गरि  ५ जना निर्विरोध निर्बाचित भएका छ्न । जसअनुसार झमुरा रावल,पंचकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव बिक सदस्य बनेका छन् ।

नेकपा माओवादीबाट कर्णप्रसाद माठागाइ संज्याल र नेकपा एकीकृत समाजवादीबाट दान बहादुर रावल सदस्यमा निर्विरोध भएका छन् ।

एउटा उपप्रमुख मात्र जितेको नेकपा एमालेबाट जिससका उम्मेदवारको प्रस्तावक र समर्थक नै भएनन् । त्यसलै उसले उम्मेदवारी दिएन । जिससका पदाधिकारी सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले चयन गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?