+
+

सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति छैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १६:०३

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताए । ‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन,’ उनले भने ।

देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । ‘संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ ।’

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए ।

प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गर्र्दै श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास लिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?