+
+
Shares

कांग्रेस देउवा समूहको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ६:५४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बुधबार दिउँसो १ बजे काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने छ।
  • पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको बैठकमा १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन एजेन्डा तय गरिएको छ।
  • बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको छ।

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले बैठक बस्दै छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको आयोजनामा बुधबार बैठक बस्न लागेको हो ।

बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।

उनका अनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ ।

बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको कुइकेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?