+
+

झलनाथको गृह जिल्लामा एमाले-एकीकृत समाजवादी गठबन्धन

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ २९ गते १९:५२

२९ जेठ, विराटनगर । पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ ।

एमालेले जिसस प्रमुख र ५ सदस्य लिएको छ भने नेकपा एकीकृत समाजवादीले उपप्रमुख र दुई सदस्य लिएको छ । नेपाली कांग्रेसले भने जिससका ९ मध्ये ७ पदमा उम्मेदवारी दिएको छ ।

जिसस प्रमुखमा एमालेका जयप्रकाश राईले र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चित्रकला बराइलीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्य र उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दिएका छन् ।

१० स्थानीय तह रहेको इलाममा जिसस निर्वाचनका लागि प्रमुख र उपप्रमुख गरी २० जना मतदाता छन् । जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ७, नेकपा एकीकृत समाजवादीका २ र जसपाको एक जना मतदाता छन् ।

यसअघि इलामको सूर्याेदय नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि एमाले र नेकपा एसको गठबन्धन बनेको थियो ।

नेकपा एकीकृत समावादी पार्टी इलामका अध्यक्ष भक्त केसीले केन्द्रमा सत्तारुढ दलबीच गठबन्धन भएपनि इलामको हकमा छुट्टै अवस्था बनेको बताए ।

सत्तारुढ गठबन्धनमा सामान्य छलफलपछि नेकपा एमालेसँग जिससको निर्वाचनमा तालमेल भएको उनले जानकारी दिए । ‘हामीले तीन जनाको मनोनयन दर्ता गरेका छौं,’ उनले भने, ‘केन्द्रमा गठबन्धन छ, इलाममा छुट्टै परिवेश बन्यो ।’

एमाले इलाम अध्यक्ष बस्नेत इलाममा नेकपा एकिकृत समाजवादीसँगको गठबन्धन स्वभाविक भएको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?