३० जेठ, काठमाडौं । नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4