+
+

सरकारले कम्फर्टेबल बन्ने सोचबाट अघि बढेको छ : उपमहासचिव ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १४:३४

३० जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यो सरकार बन्दा नै नागरिकको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाए ।

सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि उनको आरोप छ । ‘सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ । कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिरउन्मुख भएको देख्छु । त्यसकारण नेपालको परराष्ट्र सम्बन्धमा एक खालको विचलन देखेको छु’ उनले भने ।

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको पनि आरोप लगाए । उनले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्याउने काम गर्नु उचित नभएको पनि जिकिर गरे ।

‘सरकार कुनै छिमेकीलाई रिझाउने र कुनै छिमेकीलाई चिढ्याउनेतिर गइरहेको छ । यो उचित भएन । यसले हामीलाई समस्यामा पार्छ । विदेशी ऋण तथा अनुदान मेरिट बेस हुनुपर्छ’ उनले भने, ‘नेपालको हितमा र राष्ट्रिय आवश्यकता अनुसार हुनुपर्छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षा मन्त्रीको हैसियतले हुन लागेको हो ? यो भन्दा अगाडि रक्षा मन्त्रीको अमेरिका भ्रमण गर्ने तालिका थियो । त्यो हो कि ? प्रधानमन्त्रीको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?