+
+

संसदमा एमालेको सार्वजनिक महत्वको प्रस्ताव : कृषकलाई तत्काल मल उपलब्ध गराउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:३६

३० जेठ, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ ।

सोमबार एमालेका १५ जना सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

उक्त छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत एमाले माग गरेको छ ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?