+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:४०

३० जेठ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर  ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७ सय तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ कायम भएको छ । आइतबार भने १ हजार २८० थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?