+
+

चितवन जिसस उपप्रमुखमा एकीकृत समाजवादीकी सापकोटा निर्विरोध, अरु पदमा भोलि मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १३:०९

३० जेठ, काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् ।

चितवनको जिसस निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले तालेमल गरेका छन् । गठबन्धनको भागवण्डामा उपप्रमुख नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयन दर्ताका क्रममा उपप्रमुखमा सापकोटाको मात्र उम्मेदवारी परेको हो ।

जिससको प्रमुखमा नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका नारायणप्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै तीन जना खुला सदस्यमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका सञ्जीव पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ ।

त्यसैगरी तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एकीकृत समाजवादीकी पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेदवारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् । सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।

जिसस प्रमुख र सदस्य चयनका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।

मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले) को समान ७ मत रहेको छ । निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोला प्रथाबाट विजेता चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?