+
+

राजश्व अनुसन्धानबाट प्रकाश पौडेलको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १७:०३

३० जेठ, काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागमा नयाँ महानिर्देशक नतोकिंदै पौडेलले सोमबार विभागबाट सरुवाको रमना लिएको विभाग स्रोतले बतायो ।

पौडेलले गत असोज १८ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । पौडेल त्यसअघि वाणिज्य विभागको महानिर्देशक थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको उक्त कार्यालयमा नयाँ महानिर्देशकको टुंगो अझै लागेको छैन । तर उनले भने आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै विभागबाट विदा लिएका छन् ।

राजश्वमा ८ महिना १२ दिन काम गरेका पौडेलले लामो समयदेखि अड्किएको बहुराष्ट्रिय कम्पनी कोकको पूँजीगत लाभकरी छली मुद्धाको अनुसन्धान टुंग्याएर अदालतमा पेश गरेका थिए । उनकै पालामा नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारको सञ्जालमाथि कारबाही सुरु भएको थियो ।

सोमबार विभागबाट एक धन्यवाद नोट जारी गर्दै पौडेलले ८ महिना अवधिमा विभागले २१ अर्ब ७१ करोड बिगो बराबरको राजश्व छलीको मुद्दामा २ सय ८१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

‘विगत ८ महिनामा बहुराष्ट्रिय कम्पनीहरुको पूँजीगत लाभकर छलीको विषयका साथै क्रिप्टोकरेन्सी, नक्कली अन्तशुल्क स्टिकर लगायत क्षेत्रमा धेरै अनुसन्धान गरेको थियो’ विभागको प्रेस नोटमा भनिएको छ । विभागले ८ महिनामा राजश्व चुहावटतर्फ २०३ प्रतिवादीविरुद्ध ६९ वटा मुद्दामा १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैयाँ बराबरको बिगो तथा सोही रकम बराबरको जरीवाना गरी कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैंया बराबरको मुद्दा अदालतमा दर्ता गरेको थियो ।

यस्तै विदेशी मुद्राको अपचलनतर्फ ७८ प्रतिवादीका विरुद्ध ४६ वटा मुद्दा मार्फत विभागले १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैंया बिगो दाबी गरेको थियो भने भीसीटीएसमा ६६८ फर्म तथा सवारी साधन कारबाहीमा पर्दा ३ करोड ४३ लाख २६ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागले विभागले जनाएको छ । विभागले गरेको अनुसन्धानमा यस अवधिमा ७ जना सरकारी कर्मचारीसमेत अनियमिततामा मुछिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?