+
+

कृषिमन्त्रीको दावी : मल ल्याउने प्रक्रिया अघि बढे पनि ल्याउन सकिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १७:२३

३० जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको उनले बताए । मल नल्याउने ठेकदारलाई कारबाही सुरु गरिएको पनि मन्त्री यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?