+
+

एसियामै सबैभन्दा लामो दाह्रा भएको हात्तीको मृत्यु, सोसल मिडियामा सन्नाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ९:२७

काठमाडौं । जनावरप्रेमीका लागि यो सुखद खबर होइन । एसियाको सबैभन्दा लामो दाह्रा भएको हात्ती भोगेश्वरको निधन भएको छ ।

भारतको कर्नाटकस्थित बान्दीपुर टाइगर रिजर्भमा रहेको उक्त ६० वर्षीय हात्ती शनिवार मृत फेला परेको हो ।

उक्त हात्तीको प्राकृतिक कारणले मृत्यु भएको बताइएको छ । पर्यटकका लागि मुख्य आकर्षणको रुपमा रहेको भोगेश्वरलाई एसियाकै सबैभन्दा लामो दाह्रा भएको हात्ती मानिन्थ्यो ।

यो हात्तीलाई ‘मास्टर काबिनी’को नामले पनि चिनिन्थ्यो । वन विभागका अधिकारीहरुका अनुसार भोगेश्वरको एउटा दाह्रा २.५४ मिटर र अर्को दाह्रा २.३४ मिटर थियो ।

भोगेश्वरको मृत्युको खबर सार्वजनिक भएसँगै सोसल मिडियामा मानिसहरुले उक्त हात्तीलाई श्रद्धाञ्जली दिइरहेका छन् । भारतका कृषि मन्त्रीले समेत उक्त हात्तीलाई सम्झिंदै ट्वीट गरेका छन् ।

स्मरण रहोस् हात्तीको औसत आयु ६५ वर्ष हुन्छ । जंगली हात्ती ६० वर्षसम्म बाँच्दछ भने घरपालुवा हात्तीको आयु ८० वर्षसम्म रहेको पाइन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?