+
+

जिसस चितवनको प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १३:३१

३१ जेठ, चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा बराबर ७/७ मत आएपछि गरिएको गोलाप्रथाबाट एमालेका अधिकारी विजयी भएका हुन् । गठबन्धनबाट जिसस प्रमुखमा पूर्णबहादुर रानाभाट उम्मेदवार रहेका थिए ।

एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित भएकी थिइन् ।

जिल्लाका सात पालिकामा एमाले एक्लैले मेयर र उपमेयरसहित ७ पदमा जित हात पारेको थियो भने माओवादीले भरतपुर महानगरपालिका, समाजवादीले राप्ती नगरपालिका र कांग्रेसले माडीमा उपमेयर, खैरहनी, रत्ननगरमा मेयर तथा राप्तीमा उपमेयर जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?