+
+

शिक्षामन्त्रीको जवाफ : नेपालमा दुई खाले शिक्षा छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १४:४५

३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा दुई खाले शिक्षा नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जिकिर गरेका हुन् । ‘सार्वजनिक र निजी विद्यालयमा शिक्षा फरक भयो भन्ने सत्य होइन’ उनले भने ।

नेपालको शिक्षा क्षेत्रको ३१ प्रतिशत व्ययभार निजी क्षेत्रले ओगटेको र बाँकी राज्यले जिम्मेवारी बहन गर्दै आएको उनले बताए ।

सांसदहरुले निजी र सार्वजनिक विद्यालयमा फरक फरक शिक्षा रहेको भनी प्रश्न गरेका थिए । हुनेखाने र हुँदा खानेका सन्तानले फरक फरक शिक्षा लिनुपर्ने बाध्यता रहेको भन्दै सांसदहरुले एकै खाले शिक्षा कहिलेदेखि लागू हुन्छ ? भनी प्रश्न गरेका थिए ।

जवाफ दिँदै मन्त्री पौडेलले भने, ‘एउटै प्रकारको कोर्स सबैतिर लागू गरेका छौं । निजी विद्यालयमा पढेको होस् या सरकारी विद्यालयमा पढेको होस् । उसले परीक्षा दिने एउटै हो, कोर्स पनि एउटै हो ।’

विगतमा सीटीईभीटी अन्तर्गतको प्राविधिक शिक्षामा कोर्स फरक फरक रहेको उल्लेख गर्दै उनले त्यसलाई पनि कार्यदल बनाएर एउटै बनाएको बताए ।

अंग्रेजी माध्यममा पढाइ हुने र नहुने भनेर सांसदहरुले दुई खाले शिक्षा भनेको हुन सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुन थालेको बताए ।

‘भाषामा अलिकति फरक थियो । अहिले अंग्रेजी भाषामा सरकारी विद्यालयले पनि फोकस गरेका छन् । निजीले पहिलेदेखि अंग्रेजीमा पढाएका थिए’, उनले थपे, ‘विश्वका धेरै चिज बुझ्न अंग्रेजी भाषा जान्नुपर्ने । यसमा पनि धेरै जसो सार्वजनिक विद्यालय सुधारिँदै गएको छ ।’

उनले सार्वजनिक विद्यालयको शिक्षा नराम्रो छ भनेर प्रस्तुत नहुन पनि आग्रह गरे । मन्त्री पौडेले भने, ‘सार्वजनिक विद्यालयको शिक्षा खतम छ भन्ने कुरा प्रस्तुत नर्गदा रामो हुन्छ । यसो गर्दा सम्बन्धित विद्यालयहरुको मेहनतमा तुसारापात हुन्छ ।’

हेर्नुहोस् शिक्षामन्त्रीले प्रतिनिधिसभामा दिएको जवाफको पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?