+
+

माधव नेपालको ब्रिफिङ : प्रधानमन्त्रीले एसपीपी सम्झौता गर्दिन भनेका छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २०:५३
माधवकुमार नेपाल । फाइल तस्वीर

३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमणमा बेला स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने बताएको ब्रिफिङ गरेका छन् ।

स्थानीय तहको चुनावी समीक्षा गर्न मंगलबारदेखि सुरु भएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा नेता बलराम बास्कोटाले ‘एसपीपीले नेपालको राजनीतिलाई दुरगामी असर पर्ने र यसमा हस्ताक्षर गर्न नहुने’ भन्दै छलफलको प्रस्ताव राखेका थिए । पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले एसपीपीको करिब १५ मिनेट व्याख्या गर्दै यसमा फेरि फस्न नहुने बताएका थिए । ‘यो फेरि फस्ने कुरा हो, यसमा फस्न हुँदैन,’ खनालले बैठकमा भने ।

जवाफ दिने क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले ‘अहिले सम्झौता गर्दिनँ, अमेरिका भ्रमणका बेला त्यो सम्झौता हुँदैन’ भनेको सुनाएका छन् । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार एसपीपी सम्झौताबारे भोलिको स्थायी समिति बैठकपछि पार्टीको औपचारिक धारणा तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?